मिटरब्याज पीडितबारे सभापति लामिछानेको हाँस्यास्पद तर्क
काठमाडौं । मिटरब्याज पीडितहरूलाई राहत दिन ल्याइएको प्रतिस्थापना विधेकय निस्क्रिय बनाएको आरोप लागेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन नसक्नुमा आफ्नो पार्टीको कुनै दोष नरहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिका विषयमा एमाले, रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अबरोध गर्दा मिटरब्याजपीडितसम्बन्ध प्रतिस्थापन विधेयक निस्क्रिय भएको थियो ।
शनिबार रुपन्देहीको भैरहवामा पत्रकाहरूसँग कुरा गर्दै सभापति लामिछानेले विधेयकका बारेमा आफूहरूको दोष नरहेको बताए ।
असार २० गते प्रतिनिधिसभाको बैठकमा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेको थियो । त्यसदिन यही विषयमा संसद अवरोध भएपछि मिटरब्याजपीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन । एमालेले संसद अबरोध गरेका बेला रास्वपा र राप्रपाका सांसदहरू दौडिएर रोष्टम अगाडि पुगेर नारावाजी गरेका थिए । उनीहरूका कारण अध्यादेश निष्क्रिय भएको छ ।
रास्वपा सभापति लामिछानेले आफूहरूका कारण उक्त अध्यादेश निष्क्रिय भएको भन्न नमिल्ने बताए । प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद सञ्चालन हुने आशा गरे पनि त्यस दिन सभामुखको भूमिका उचित नभएको उनले बताएका छन् ।
सरकारले नै अन्तिम दिनमात्र विधेयक ल्याएकाले मिटरब्याजसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक रोकिएको लामिछानेको भनाइ छ ।
‘जुनदिन पास नभए त्यो जिरोमा जान्छ, त्यही दिन लगेर सरकारले गर्न खोजेको के हो ? यसमा प्रश्न खडा हुन सक्छ’, लामिछानेल भने, ‘६० दिनको समयसीमा भएको यो विषयलाई सरकारले अन्तिम दिन, कुनै पनि विषय आउन सक्छ, कुनै दलले अवरुद्ध गराइदिन सक्छ, कुनै विपत्ति आउन सक्छ । त्यस्तो महत्वपूर्ण कुरा अन्तिम दिन लगेर सरकार आफैंले ‘।’
लामिछानेले सत्तारुढ दलका कयौं नेता र उनका आफन्त मिटरब्याजमा संलग्न भएको आशंका भइरहेका बेला सरकारले नै अन्तिम दिन विधेयक ल्याएर पारित नगर्ने जाल रचेको हुन सक्ने आरोप लगाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग्ने बताएका छन् ।
उनले नेपाल प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अनुचित भएकाले जनतालाई प्रष्ट पार्नुपर्ने बताए ।
‘नेपाली जनताले निर्वाचित गरेर पठाएको मान्छेलाई नेपाली जानताले भोट हालेको, नेपाली जनताले प्रधनमन्त्री बनाएको, हाम्रो हस्ताक्षर छ, भारतले प्रधानमन्त्री बनायो ? कोही एउटा भारतको मान्छे प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न सकिँदैन, माग्छौं हामी जवाफ’, सभापति लामिछानेले भनेका छन् ।
लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको बताएका छन् ।
उनले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वपाले सरकारको नेतृत्व गरेपछि ठेगान लगाएरै छाड्ने बताएका छन् ।
‘सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई पक्राउ गरेको छ । सरकारले जति भ्रष्टहरूलाई समात्छ, हामीलाई त्यति नै फाइदा हुन्छ’, उनले भनेका छन्, ‘२०८४ पछि हामी आइहाल्छौं ।’
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया