कांग्रेसको जस्तो स्पष्ट भिजन नयाँ पार्टीहरूमा छैन, ग्राउण्डमा हामी कमजोर छैनौँ : डा.आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणाले कांग्रेसलाई अगाडि बढाउने काममा चुनौतिहरू रहेको बताएकी छिन् ।
शुक्रबार नेपाल तरुण दलका राजधानीमा उपलब्ध नवनियुक्त केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै नेतृ डा.राणाले स्पष्ट राजनीतिक उदेश्य लिएको कांग्रेसलाई अगाडि बढाउने जिम्मेवारी तरुणहरूको हातमा रहेको बताइन् ।
उनले तरुण दलको केन्द्रीय कार्यसमितिका लागि मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू योग्य भएर नै मनोनीत भएको बताएकी छिन् ।
डा.राणाले भनिन्, ‘पार्टीलाई अगाडि बढाउने काममा धेरै चुनौतिहरू छन् । नयाँ पार्टीहरू उठेका छन् । ती पार्टीहरूको भिजन क्लियर भएको छैन । हाम्रो पार्टीको भिजन पहिला देखिनै क्लियर छ ।’
‘नेपाललाई कुन ठाउँमा लैजाने ? कुन गन्तव्यमा जाने ? भनेर नेताहरूले भिजन दिएर जानुभएको छ’, नेतृ डा.राणाले भनेकी छिन् ।
उनले भनेकी छिन्, ‘वीपी, गणेशामनजी, किशुनजी, गिरिजाबाबु, सुशील कोइराला, शेरबहादुरजी सबै जनाले हाम्रो पार्टीको यो निर्देशनमा, यो दिशामा जाने भनेर परिकल्पना गरेर आएको पार्टी हो ।’
‘यो पार्टीलाई संकट पर्ने बेलामा अगाडि आएर संघर्ष गर्ने पार्टी हाम्रो नै हो’, उनले भनेकी छिन्, ‘यो कुरालाई हामीले अझै राम्रोसँग जनतालाई विश्वास दिलाउन तरुणहरूको भूमिका हुन्छ ।’
डा.राणाले भनेकी छिन्, ‘नयाँ प्रविधिहरू जस्तै सोसलमिडियालाई कसरी अगाडि सार्ने भन्ने कुरामा हामी अझ अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ।’
नेतृ डा.राणाले कांग्रेसलाई अहिले पनि जनताले मन पराउने गरेको बताएकी छिन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङले आफूलाई तरुणहरूसँग सहभागी भएर सम्बोधन गर्ने २/४ वटा कार्यक्रम आयोजना गरिदिँदा राम्रो उपस्थिति देखिएको उनले बताएकी छिन् ।
‘ग्राउण्ड लेबलमा हामी नै छौँ जस्तो लाग्छ । तरुण दलको दुई चार ठाउँको कार्यक्रममा सहभागी हुन पाएँ’, डा.राणाले भनेकी छिन्, ‘एकदमै राम्रो कार्यक्रमहरू सञ्चालन भएका छन् । हाम्रो टिम जुझारु भएको पाएको छु ।’
उनले भनेकी छिन्, ‘कांग्रेस पार्टीको भविष्य नै यो देशको भविष्य जोडिएको छ । हामीले सानोमा पढ्थ्यौँ । यो देशको कर्णधार भनेर । तपाईहरू नै यो हो यो देशको कर्णधार भनेको । कर्णधारहरूको बीचमा सहभागी हुन पाउँदा खुसी लागेको छ ।’
‘देश र राजनीतिको भविष्य तरुणहरूको हातमा छ’, केन्द्रीय सदस्य डा.राणाले भनेकी छिन् ।
तरुण दलका मनोनीत नयाँ केन्द्रीय सदस्यहरूलाई नेतृ डा.राणाले बधाइ तथा शुभकामना पनि दिएकी छिन् ।
‘तरुण दलको नयाँ सदस्यहरू मनोनीत भएकोमा म निकै उत्साहित भएको छु’, उनले भनेकी छिन् ।
‘सबै जना पार्टीको विभिन्न तह तप्पाकामा बसेर धेरै लामो समयसम्म पार्टीको लागि संघर्ष गर्नुभएको छ’, उनले भनिन्, ‘नयाँ बिचार रहेका साथीहरू तरुण दलमा आउनुभएको छ । तपाईहरूको नाम कसैले न कसैले सिफारिस गर्यो होला ।’
‘आफै नै प्रतिष्ठामा पुग्नु भएको हुनाले विद्वानजीले पनि सबैलाई क्षमताका आधारमा अवसर दिनुहुनेछ’, डा.राणाले भनिन्, ‘विद्वानजीले तौलनु हुन्छु, यो तरुणहरू पार्टीका लागि काम लाग्छ वा लाग्दैन भनेर । तपाईहरूले राम्रो काम गर्नु हुनेछ भन्ने आशा छ ।’
तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेसलाई बलियो बनाउने भनेको तरुणको हातमा रहेको भन्दै जिम्मेवारीलाई ईमान्दारिताका साथ बहन गर्न निर्देशन दिएका छन् ।







बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया