ऋषि धमलाकी पत्नीले नाउपा छाडिन्, १ लाख खर्च गरेर हर्कलाई १४ हजारको सामान
काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी छिन् ।
बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेखेर एलिजाले सक्रिय राजनीतिबाट विदा भएको जनाएकी छिन् । एलिजाले ५ महिनामै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी छिन् । उनले सो पार्टी किन छाडेकी हुन् खुलाएकी छैनिन् ।
पत्रकार धमलाकी पत्नी एलिजा अभिनेत्री तथा मोडल पनि हुन् । उनका दुई बच्चा हुँदा हुँदै अभिनयमा हातहालेकी थिइन् । प्राइम टेलिभजनकी मालिक पनि हुन् एलिजा ।
देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् ।
उनले आगामी दिनमा समाजसेवामा लाग्ने पनि बताएकी छिन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छिन् ।
एलिजाले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् ।
उनले भनेकी छिन्, ‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा । धरान उप–महानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु ।’
‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ’, एलिजाले भनेकी छिन् ।
‘देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ’, एलिजाले भनेकी छिन् ।
‘आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु’, एलिजाले भनेकी छिन्, ‘सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ ।’
उनले भनेकी छिन्, ‘श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपील गर्दछु ।’
‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु’, एलिजाले भनेकी छिन्, ‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ ।’
उनले भनेकी छिन्, ‘मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’
रेशमलाल चौधरी जेलमा रहेका बेला डिल्लीबजार कारागारमा पुगेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । एलिजाले केही समय निकै चुरिफुरी देखाएकी थिइन् ।
नागरिक उन्मुक्ति पार्टीबाट ६ महिनाका लागि मन्त्री बन्ने सपना बोकेर पति ऋषि धमलाको सल्लाहमा उनी पार्टी प्रवेश गरेको चर्चा छ । ऋषि धमलाले एलिजालाई ६ महिनाका लागि मन्त्री बनाउँछु भनेर आश्वासन दिएका थिए । रेशमलाल चौधरी जेलबाट छुटेपछि एलिजाको मन्त्री बन्ने सपनामा तुसारापात भएको थियो ।
काठमाडौंबाट धरान पुगेकी एलिजाले मेयर सम्पाङलाई करीव १५ हजार मूल्य बराबरको १० वटा सबेल दिएकी छिन् । काठमाडौंबाट धरान जान, आउन र बस्न एलिजाले करीव एक लाख रुपियाँ सिध्याएकी छिन् । १५ हजारको सामान दिन उनले एक लाखा सिध्याएको भनेर सामाजिक सञ्जालमा ट्रोल भएको छ ।


बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया