नाम चलेका गुण्डा नाइकेले ठूलो सजाय पाए
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ ।
बुधबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्न्यातलाई जन्मकैदको फैसला सुनाएको हो । हत्यामा मुख्य योजनाका रहेका भनिएका बस्न्यातसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ ।
हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ ।
समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपियाँ जरिवाना गरिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ ।
यसअघि असार १२ गते न्यायाधीश घिमिरेको इजलासलाई २४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर निर्धारणका लागि बुधबारको पेसी तोकेका थिए ।
असार १० गते पेसीमा चढेपछि उक्त मुद्दालाई न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखी लगातार तीन दिन सुनुवाइ गरेका थिए ।
असार १२ गतेको सुनुवाइपछि न्यायाधीश घिमिरेले ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर ठहर गरेका थिए ।
२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा पर्ने प्रयागचोकमा दिउँसो २:५० बजे गोली प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा संलग्न भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पछि बुझ्दै जाँदा घटनामा बस्न्यातको श्रीमती माया शेरचनको समेत संलग्नता खुलेको भन्दै पूरक अभियोगमार्फत माया शेरचनविरुद्धसमेत मुद्दा दायर गरिएको थियो ।
२४ जनाविरुद्ध दायर मुद्दामा अदालतले प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो कमकर, सूर्यबहादुर बाजी, राजकुमार साह र श्याम गुप्तालाई आरोपित कसुरबाट सफाइ दिने फैसला सुनाएको थियो ।
२४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई केही फरार प्रतिवादीलाई मुल्तबीमा राखी अन्यको हकमा दोषी ठहर गरिएको थियो ।
घटनामा प्रमुख योजनाकार समिरमान सिंह बस्न्यात रहेको दाबी गरिएको थियो ।
२०७४ पुस २८ गते दर्ता भएको उक्त मुद्दामा बस्न्यातको श्रीमती माया शेरचनलाई भने २०७५ मंसिर १९ गते मात्रै पूरक अभियोग ल्याएर प्रतिवादी बनाइएको थियो ।
बुझिएका मानिसहरूको बयानका आधारमा माया शेरचनले गौचनको हत्या गर्नका लागि प्रयोग भएको पेस्तोल र त्यसमा लाग्ने गोली दिइएको दावी गरिएको छ ।
सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दा प्रतिवादीहरु राजीव तामाङ भन्ने राजीव स्याङ्गतान, प्रकाश बुढाथोकी, धनराज योङ्गहाङ्ग, बसन्त थेवे, सन्तोष गुरुङ्ग, मुकेश कुमार पाण्डे, शिबजी महतो कमकर, समिरमान सिंह बस्न्यात, सूर्यबहादुर वाजी, सुजाथक्सु वाजी, गंगाप्रकाश लिम्बु, काले भन्ने अम्बरबहादुर राना, श्याम गुम्बे भन्ने श्यामबहादुर गुम्बी, लोप्साङ्ग शेर्पा भन्ने लोप्साङ्ग लामा, अजय थापा, काले दारी भन्ने रोशन बुढाथोकी, मनोज पुन भन्ने मनोज बुढामगर, प्रदीपकुमार झा, समीकला राई, प्रवेश नायब, सुधिरकुमार साहलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार सर्वस्वसहित जन्मकैदको मागदावी लिइएको थियो ।
उनीहरूले समूहमा योजना बनाई अपराध गरेको कारण उनीहरूलाई संगठित अपराधमा थप सजाय हुन मागदावी लिइएको थियो ।
तत्कालीन समयमा फरार रहेका समिरमान सिंह बस्न्यात लगायतको हकमा समेत सर्वस्वसहित जन्मकैदको मागदावी लिइएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया