मुस्लिम समुदायको धार्मिकस्थलको संरक्षणबारे अध्यक्ष अन्सारीद्वारा परामर्श

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको धार्मिकस्थलहरूको संरक्षणका विषयमा छलफल गरेका छन् ।

मंगलबार ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालयमा अध्यक्ष अन्सारीले कार्यदलका सदस्य र सरोकारवालाहरूसँग परामर्श गरेका हुन् ।

अध्यक्ष अन्सारीले भने, ‘मुस्लिम आयोगद्वारा धार्मिक स्थलहरू मस्जिद, कब्रस्तान, इदगाह, कर्वला र मजार संरक्षण, सम्बन्धमा छलफल भएको छ ।’

बैठकमा आयोगका सदस्यहरू, सचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सह–सचिव, कार्यदलका सदस्य पितामबर र रशिद मिर्जा बेग लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 July 4, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया