लुम्बिनी कांग्रेसले सभापतिहरूललाई प्रशिक्षण दिने, विभागहरू पनि बनाउने
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले प्रदेश सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।
मंगलबार दाङको भालुबाङमा बसेको कार्यसमितिको बैठकले प्रदेश निर्वाचन क्षेत्रका सभापतिहरूलाई प्रशिक्षण दिने निर्णय गरिएको प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले बताएका छन् ।
प्रवक्ता न्यौपानेले भने, ‘नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रदेश सम्मेलन भदौको मसान्तभित्र आयोजना गर्ने तयारी भएको छ ।’
‘नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १३ नियम ३४ को उपनियम २ (ख) बमोजिम नेपाली कांग्रेस लुम्बिनी प्रदेश लेखा समितिमा सदस्य माया ज्ञवालीको संयोजकत्वमा गोपालप्रसाद पाण्डेय, र हरिबहादुर केसी गरि ३ सदस्यीय र नियम ३५ बमोजिम कोष निर्माण तथा सञ्चालन समितिमा कोषाध्यक्ष प्रकाश रानाको संयोजकत्वमा रमेश खनाल, चुन्नु पौडेल, राजेन्द्र घिमिरे, भोजराज पाण्डे गरि ५ सदस्य गठन भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
लुम्बिनी कांग्रेसले १२ जिल्लाका पार्टीमा दिएको योगदान, प्रतिष्ठित, अनुभव, योग्यता, दक्षताका आधारमा सम्मानका लागि लुम्बिनी प्रदेश कार्यसमितिमा सल्लाहकार मनोनयन गरिने प्रवक्ता न्यौपानेले बताए ।
लुम्बिनी कांग्रेसले केन्द्रीय कार्यसमितिले भ्रातृ तथा शुभेच्छुक संस्थामा नियुक्ति वा मनोनयनका लागि सम्बन्धित पार्टी तहको सिफारिसमा मात्र नियुक्त वा मनोनयन गर्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
लुम्बिनी कांग्रेसले प्रदेशस्तरीय विभिन्न विभागलाई पूर्णता दिइ यथाशीघ्र विभागीय प्रमुखहरूलाई निर्देशनात्मक प्रशिक्षण दिने निर्णय भएको प्रवक्ता न्यौपानेले बताएका छन् ।



बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया