बागमती कांग्रेसद्वारा प्रशिक्षण विभाग गठन, पदाधिकारी र सदस्यहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले ‘नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभाग’लाई पूर्णता दिएका छन् ।

सभापति बानियाँले विभागको प्रमुखमा चन्द्र महर्जनलाईनियुक्त गरेका छन् । महर्जन बागमती प्रदेश कांग्रेसका उप–सभापति हुन् ।

विभागको सदस्यहरूमा अर्जुन सिवाकोटी, लेखबहादुर कार्की, दीपक घिमिरे, सन्तमान तामाङ, सुदर्शन घिमिरे, गोकर्ण केसी, विजेश अवाल, रमेशप्रसाद हुमागाइँ, शालिकराम शर्मालाई सभपाति बानियाँले मनोनयन गरेका छन ।

विभागको सदस्यहरूमा दोर्जे लामा, धर्म लामिछाने, ओमप्रसाद आचार्य, जनार्दन घिमिरे, अच्युतकुमार थापा, विनोद ट्टराई, उत्तमराज थापा, समिर ढुंगेल र सदस्य सचिवमा रामेश्वर ढकाललाई मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 July 4, 10:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया