मिटर व्याजको समस्या बैंकहरूले ल्याएका हुन् : कांग्रेसका सांसद खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गाउँका जनता सबैभन्दा धेरै बैंकहरूबाट पीडित बनेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैकठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधान गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै खतिवडाले बैंकहरूले गाउँका जनतालाई सहज रुपमा ऋण नदिँदा मिटर व्याजको समस्या आएको बताए ।
उनले भने, ‘विशेष गरि यो विषय, यो दशककै सबैभन्दा बढि चर्चित मिटर व्याजसँग मान्छेको लेनदेन गर्दा लिने व्याजसँग सम्बन्धित भएर आएको विषयमा यसलाई भरखरै संसदमा प्रवेश गराएर कानून बनाउने विषयमा छलफल गर्दै छौँ ।’
‘हामीलाई मन्त्रीज्यूले ५/६ गते नै मन्त्रीज्यूले पिजन होलमा विधेयक राखिदिनुभएको रहेछ । कतिले हेर्न सक्यौँ । कतिले हेर्न सकेनौँ । त्यो अर्को पक्षको कुरा छ’, खतिवडाले भनेका छन् ।
उनले भने, ‘हामी पनि अलिकति बहकिन थालेका छौं । जुलुस आयो त्यसैका पक्षमा तुरुन्त विधेयक ल्याइहाल्नुपर्ने । त्यो जुलुस घरमा गएर बस्यो अलिकति मिलेन कि संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी लागेका छौँ । यो प्रवृत्तिले हामी स्थायित्वको पक्षमा जान्छौँ वा जाँदैनौँ हेर्नुपर्ने जरुरी छ ।’
‘मिटरव्याजी कतिपय कुरामा हामी आफैले कहिले काहिँ संरक्षण गरेका हौँ कि जस्तो हामीलाई भान हुन्छ’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।
‘सबैभन्दा ठूलो बैंकिङ सेक्टरमा हेर्ने हो भने बैंकले लगानी गर्छ । साना पुँजी भएकालाई लगानी गर्न डराउँछ’, खतिवडाले बैंकहरूको कर्तुतबारे सदनलाई जानकारी गराउँदै भनेका छन् ।
‘गाउँघरतिर त झन् यो तेरो खेतको मूल्य नै छैन । जग्गाको मूल्य नै छैन । जमीनको मूल्य नै छैन । पाउँदैनस् भनिदिन्छ’, उनले भने, ‘मान्छेले बैंकबाट ऋण लिन पाउँदैन । नजिकको साहु महाजनसँग लिन्छ ।’
उनले भने, ‘साहुमहाजनले सयको दुई सय । सयको एक सय पचास । सयको एक सय पच्चीस कति लिन पाउने हो ? एउटा कार्यविधि तयार गरेर त्यो हदसम्म हामी जाऔँ । तर, सयको ५ सय हजार लिन थालियो भने त्यसलाई मिटर व्याजको रुपमा कडाभन्दा कडा कानून लगाउने व्यवस्था हामी गरौँ ।’
‘बैंकहरूले पैसा दिन्छन् । दिएपछि व्याज लिन्छन् । समयमा व्याज तिरेन भने स्याज लिन्छन् । त्यो स्याज पनि फेरि व्याजमा होइन सावामा रुपान्तरण गर्छन् । सावाबाट तिर्न सकेन भने मान्छे बैंकको व्याज तिर्न नसकेर मरिरहेका छन् । त्यो बारेमा सरकारले के गर्ने एउटा स्पष्ट नीति ल्याउनुपर्छ’, खतिवडाले भनेका छन् ।
‘कतिपय कुरा त हामी आफै, कहिले काहिँ सरकारको नीतिका कारणले पनि मान्छेलाई अफ्ठ्यारो परेको हुन्छ’, खतिवडाले भनेका छन् ।
‘मलाई याद भएन मन्त्रीको नाम । २०८२ सम्म बन्ने राम्रो होटल, पाँचतारे होटल दुई अर्बभन्दा बढि लगानी भएकोले महँगा महँगा २० वटा गाडी ल्यायो भने दश प्रतिशत भन्सारमा छुट दिनेछ भनेर उल्लेख गरियो । त्यो मिटर व्याजभन्दा ठूलो अपराध हो । यस्ता काम पनि हामीले गरेका छौँ सरकारको तर्फबाट’, खतिवडाले भनेका छन् ।
उनले भने, ‘हामीले माथिल्लो लेबलको लागि पनि कसले के गरेको छ हेर्नुपर्ने जरुरी छ ।’
‘बैंकको पैसा तिर्न नसकेर मरेका ती ऋणिहरूको बारेमा पनि सरकारले सम्बोधन गरोस् । केवल गाउँका सबै लेनदेनलाई घर व्यवहारका लेदनदेनलाई फौजदार अभियोग लगाएर डण्डा लगाएर रिस उठेका मान्छेलाई मुद्धा लगाउने परिपाटी अन्त्य गरोस्’, उनले भने, ‘पीडितहरूले न्याय पाउने पद्धतिको विकास होस् ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया