विदेश मान्छे पठाउँछु भन्ने दलाल काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागमा उजुरी परेपछि प्रहरीले दलाललाई पक्राउ गरेको छ ।

मौरिसस भन्ने देशमा रोजगारीका लागि पठाइदिन्छुभन्दै रकम ठगी गरेको अभियोगमा दलाललाई पक्राउ गरेको हो ।

मौरिसस पठाइदिन्छुभन्दै रकम ठगी गरेको अभियोगमा सिरहाको गोलबजार नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने ४४ वर्षीय भविन्द्रनाथ लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामाले १ जनालाई वैदेशिक रोजगारका लागि मौरिसस पठाएर गार्मेन्ट सिलाईमा मासिक १ लाख रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भनेर ठगी गरेका थिए ।

प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ४ लाख ५० हजार रूपियाँ लिई सम्पर्क बिहीन भई ठगी गरेका थिए ।

लामाविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । लामालाई पक्राउ गरी उपस्थित गराउन विभागले प्रहरीलाई पत्राचार गरेको थियो ।

लामालाई प्रहरीले काठमाडौं महानगरपालिका–१६ वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

लामालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 July 2, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया