ललितपुरको अर्को ठूलो सहकारी पनि भाग्यो, सीआईबीलाई विभागको पत्र

काठमाडौं । सहकारी विभागले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौंलागाइँसहित सञ्चालकलाई पक्राउ गर्न पत्र काटेको छ ।

विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई चौलागाइँसहितको समूहलाई पक्राउ गर्न पत्र लेखेको हो । चौलागाइँसहितको समूह बचतकर्ताको अर्बौं रकम कुम्ल्याएर भागेको छ ।

ललितपुरको सातदोबाटोस्थित देउराली सहकारी संस्थाका अध्यक्ष चौलागाइँसहित सञ्चालक लामो समयदेखि कार्यालय नै बन्द गरेर फरार भएका छन् । १ सय ९६ जना बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका छन् ।

सीआईबीले देउराली सहकारीका अध्यक्ष र सञ्चालकसहितको समूहको खोजतलास भइरहेको जनाएको छ ।

असार १ गतेदेखि कार्यालय नै बन्द गरेर सहकारी अध्यक्ष र सञ्चालकहरू फरार भएका छन् । देउरालीका बचतकर्ताहरू बचत गरेको रकम फिर्ताको माग गरेर आन्दोलन गरिरहेका छन् । सहकारीले करिब तीन अर्ब रुपियाँ हिनामिना गरेको छ ।

सहकारीले असार १० गते विज्ञप्ति जारी गरेर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।

Published : Sunday, 2023 July 2, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया