खचाखच यात्रुले भरिएको श्री एयरलाइन्सले किन जोखिम लिएन ? सिधै काठमाडौं फर्कियो

काठमाडौं । श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या भएपछि चालक दलले जोखिम नलिएर काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गराएको छ ।

शनिबार काठमाडौंबाट धनगढीतर्फ खचाखच यात्रु बोकेर उडानको जहाजमा हाइड्रोलिक समया देखिएपछि
काठमाडौं फर्काएर सकुशल रुपमा अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

श्री एयरलाइन्सले एटीआरसँग समन्वय गरेर काठमाडौं फर्किएर जोखिम नलिएको हो ।

श्री एयरलाइन्सको २२५ उडान नम्बरको जहाज दिउँसो ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिकमा समस्या भएपछि जहाज काठमाडौं फिर्ता भएको र ५ बजेतिरै अवरतण भएको छ ।

श्री एयरलाइन्सको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा रोकिएको थियो । ट्याक्सी वेबाट जहाजलाई तानेर पार्किङ वेमा लगिएको छ ।

Published : Saturday, 2023 July 1, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया