ठगी काण्डमा बुटवलको सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ ।

बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएका थिए ।

प्रहरीले मंगलबार भैरहवाबाट घर्तीलाई पक्राउ गरिएको डीएसपी श्यामु अर्यालले बताएका छन् । घर्तीविरुद्ध ५० जनाभन्दा बढीले उजुरी दिएका छन् ।

Published : Thursday, 2023 June 29, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया