कीर्तिपुरबाट ९ जना जुवा खेल्ने मान्छेहरू पैसासहित पक्राउ
काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिका–४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ८५ रूपियाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।
यसैगरी कीर्तिपुर नगरपालिका–१ चाँदनी चोकस्थित माइला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ट्याङलाफाट डेरा गरी बस्ने नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ घर भएका ३३ वर्षीय नवीन शर्मा डोटेलसहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई नगद ५३ हजार ४ सय ४५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया