ललितपुरमा गुण्डाशैलीमा लामिछानेले नायब सुब्बालाई कुटे

काठमाडौं । गुण्डाशैलीमा जिल्ला अदालत ललितपुरका कर्मचारीलाई कुटपिट गर्ने अधिवक्ता अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेको जाहेरी परेपछि लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

लामिछानेले बुधबार दिउँसो कार्यालयमै आफूमाथि गाली गलौज तथा हातपात गरेको भन्दै तामाङले प्रहरीमा उजुरी दिएकी थिइन् ।

तामाङले अधिवक्ता लामिछानेमाथि अभद्र व्यवहारको कसूरमा कारबाही हुनुपर्ने माग गरेकी छिन् ।

लामिछानेको आक्रमणबाट आफ्नो सर्ट च्यातिएको र ओठमा समेत घाउ भएको उनले उजुरीमा उल्लेख गरेकी छिन् ।

Published : Thursday, 2023 June 29, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया