बक्र ईदले राष्ट्रिय एकता, अखण्डता र धार्मिक संहिष्णुतालाई सबल बनाउँछ : अध्यक्ष अन्सारी
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईद उल अजहा (बक्र ईद)को अवसरमा शुभकामना दिएका छन् ।
अध्यक्ष अन्सारीले शुभकामना सन्देश जारी गरेर बिहीबार परेको बक्र ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिएका हुन् ।
‘बिहीबार दिन सम्पूर्ण इस्लाम धर्मावलम्बीको महान चाड ईद उल अजहा (बक्र ईद) नेपालमा भव्यताका साथ मनाइँदैछ’, उनले भने, ‘१४४४ जिल हिज्जा महिनाको १० तारिखमा मुस्लिम समुदायले मनाउने ईद उल अजहा (बक्र ईद) हर्षोल्लासमय वातावरणमा ३ दिनसम्म मनाइने ठूलो चाडपर्व हो ।’
बक्र ईद चाडको पावन अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सदभाव तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ ।
ईद उल अजहा पर्वका अवसरमा बिहान सबेरै उठेर स्थान गरी शुद्ध हुने र खुलास्थान इदगाहा वा मस्जिदमा गई इद उल अजहाको नमाज पढ्ने र एकआपसमा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान पछि आ–आफ्नो घरमा गई कुर्वानी गर्ने परम्मरा रहेको अध्यक्ष अन्सारीले बताएका छन् ।
उनले भने, ‘ईद उल अजहाको अवसरमा राष्ट्रिय एकता, अखण्डता, अपसी मित्रता र धार्मिक संहिष्णुतालाई थप सबल र सुदृढ बनाइ राष्ट्र निर्माण तथा विकासको मार्गमा अघि बढ्न र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार पार्ने प्रेरणा सबैमा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’
अध्यक्ष अन्सारीले इद उल अजहाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
ईद उल अजहाको अवसरमा नेपाल सरकारले बिहीबार सार्वजनिक विदा समेत दिएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया