सोलुखुम्बु तरुण दलका अध्यक्ष झाको केन्द्रीय कार्यसमितिमा बढुवा, देउवा-गुरुङले न्याय दिए
काठमाडौं । नेपाल तरुण दल सोलुखुम्बु जिल्लाका अध्यक्ष अशोक झा नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिमा मनोनयन भएका छन् ।
बुधबार सार्वजनिक भएको सूचीमा अध्यक्ष झालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको उल्लेख छ । झालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएपछि सोलुखुम्बु तरुण दलको अध्यक्ष पद रिक्त भएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङको सिफारिसमा सभापति शेरबहादुर देउवाले झालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
झाले सोलुखुम्बुमा नेपाली कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान गरेका छन् । सभापति देउवा र अध्यक्ष गुरुङले झाको योगदानको कदर गरेका छन् ।
Published : Thursday, 2023 June 29, 1:05 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया