सभापति देउवाले भक्तपुर तरुण दललाई न्याय दिए, अध्यक्ष थापा केन्द्रीय सदस्यमा मनोयन
काठमाडौं । नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको केन्द्रीय सदस्यमा भक्तपुर तरुण दलका अध्यक्ष राजु थापालाई मनोनयन गरिएको छ ।
सभापति शेरबहादुर देउवाले थापालाई भरक्तपुर तरुण दलको अध्यक्षबाट केन्द्रीय कार्यसमितिमा ल्याएका हुन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङको सिफारिसमा केन्द्रीय समितिमा मनोनयन गरिएको छ ।
सभापति देउवाले बुधबार तरुण दललाई पूर्णता दिएका छन् । ४ सय सदस्यीय कार्यसमितिमा भक्तपुरले जिल्ला अध्यक्ष थापालाई केन्द्रीय समितिमा पठाएको छ ।
केन्द्रीय सदस्यमा मनोनयन भएका थापाले सभापति थापा र अध्यक्ष गुरुङलाई धन्यावाद दिएका छन् ।
भक्तपुरमा कांग्रेसलाई सहयोग गर्ने कार्यमा तरुण दलको ठूलो भूमिका छ । उपत्यकाभित्रका तीन जिल्लामध्ये भक्तपुरमा तरुण दल निकै सक्रिय छ ।
भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको निर्देशनमा तरुण दलले निर्वाचनका बेला उत्साहजनक काम गरेको छ ।
सीमित जिल्ला अध्यक्षहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । त्योमध्ये भक्तपुर तरुण दलका अध्यक्ष थापाले पनि अवसर पाएका छन् । राम्रो काम गरेकै कारण थापाले केन्द्रीय सदस्यमा मनोनीत हुन पाएका हुन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया