राज्यको लाखौं रुपियाँ सिध्याएर गृहमन्त्री जम्बो टोली लिएर चीन गए
काठमाडौं । राज्यको ढुकुटीको लाखौं रुपियाँ सिध्याएर उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मेलालाई सम्बोधन गर्न चीन गएका छन् ।
बुधबार पाँच दिने भ्रमणका लागि श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा पुगेका हुन् ।
छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान जनसरकारका उप–महासचिव सिया ओफङ र नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरेको छन् ।
उप–प्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए ।
उप–प्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।
बिहीबार दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ ।
शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै श्रेष्ठले अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् ।
उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुन:निर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्नेछन् ।
सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार चीन प्रस्थान गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया