एमाले-रास्वपाले एजेण्डा नपाएपछि लफडा गरे, ओली-लामिछानेबीच गोप्य कुराकानी
काठमाडौं । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विनियोजन विधेयकलाई पास गर्न अबरोध गरेको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा निर्वाचन कार्यालय खारेज गर्ने विषयलाई लिएर एमाले र रास्वपाले संसद अबरोध गरेका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले निर्वाचन कार्यालयहरू खारेज गर्न नहुने भनेर संसद अबरोध गरेका हुन् ।
जबकि निर्वाचन कार्यालय खारेज नहुने भनेर अर्थमन्त्री डा.प्रकाशशरण महतले पटक पटक संसदमा प्रतिवद्धता जनाइसकेका छन् । तर, एमाले र रास्वपाले एजेण्डा नपाएर संसद अबरोध गर्ने बखेडा झिकेका हुन् ।
बजेटमा लेख्दा त्रुटि भए पनि निर्वाचन कार्यालय जिल्लामा जसरी चलेका छन् त्यसैगरी चल्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओली र रास्वापका सभापति रवि लामिछानेबीच गोप्य कुराकानी भएपछि सदन अबरोध गरेर सरकारलाई असहयोग गर्न खोजेका छन् ।
संसद अबरोध भएपछि बैठकभन्दा बाहिर रहेका ओली र लामिछाने हतार हतार बैठकमा छिरेका थिए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया