बस्नेतद्वारा छ वटा अस्पतालको अनुगमन, कोशीले नि:शुल्क बेड दियो, २ अस्पतालले पाए अक्सिजन प्लान्ट
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मोरङ र झापा जिल्लामा रहेका ६ वटा अस्पतालको निरीक्षण गरेका छन् ।
मंगलबार मन्त्री बस्नेतले झापा र मोरङका ६ अस्पतालको निरीक्षण गरेका हुन् । बस्नेतले २ वटा अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् ।
कोशी अस्पतालमा मन्त्री बस्नेतले ३३० शय्यामा विपन्न र गरिव बिरामीलाई नि:शुल्क उपचार गर्ने व्यवस्था गरेका छन् ।
बस्नेतले स्वास्थ्य संस्थाहरूको निरीक्षणका क्रममा कोशी, पथरी नगर, किओच बाल, आम्दा, दमक नगर र बिर्ता सिटी गरी ६ वटा अस्पतालहरूको निरीक्षण गरेका हुन् ।
मन्त्री बस्नेतले किओच र आम्दा अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् ।
उनले अस्पतालहरूमा देखिएका सवल पक्षहरूको प्रशंसा गरेका छन् । अस्पतालका कमजोर पक्षहरूको समाधानका निमित्त उपायहरूसहित मन्त्री बस्नेतले निर्देशन दिएका छन् ।
जनस्वास्थ्यका सवालमा ती अस्पतालहरूले आगामी दिनहरूमा रचनात्मक ढंगले कार्य सम्पादन गर्न उनले निर्देशन दिएका छन् ।
निरीक्षण भ्रमण गरिएका ६ वटा अस्पतालमध्ये कोशी अस्पतालले बुधबारबाट ३३० शय्या नि:शुल्क रुपमा गरिब, विपन्न र असाहयका लागि प्रदान गर्ने मन्त्री बस्नेतले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया