कांग्रेसले जस लिने थाहा पाएपछि रास्वपाले गरेको थियो यस्तो नौटंकी, के भन्छन् रामहरि खतिवडा ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीले जस लिनका लागि संसद अवरोध गरेको आरोप लगाएका छन् ।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले रास्वपाले सानातिना कुरामा पनि जस लिन संसद अबरुद्ध गरेर संसदीय प्रणालीको उपहास गरेको बताए ।
उनले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बचेको हो भन्ने भ्रम जनतामा छर्नका लागि संसद अवरोध गरेको बताए ।
जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा कांग्रेस नै नरहेको उनले बताएका छन् ।
‘हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने देखाउन रास्वपाले संसद अवरोध गरेको हो’, उनले भने, ‘हामी कोही पनि नेपाली कांग्रेस र सरकार जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा छैन ।’
खतिवडाले भने, ‘यो अवरोध भनेको हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने गलत सन्देश दिन रास्वपाले अवरोध गरेको हो ।’
सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको श्री ५ भन्दा पनि माथि जान खोजेको आरोप लगाएका छन् ।
उनले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनु नहुने बताए । उनले सबै क्षेत्र अख्तियारले नै हेर्नुपर्छ भन्ने पद्धतिको विकास गर्नु नहुने बताए ।
सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही नबनीकन काम गर्नुपर्ने बताए ।
‘अख्तियार हिजोको श्री ५ भन्दा पनि माथि जान खोज्यो, त्यसैले निजी क्षेत्रमा अख्तियारको प्रवेश गर्न दिनु हुँदैन, राजश्व पनि आफैँ हेर्ने, प्रत्येक कार्यालय, मन्त्रालय, सम्पत्ति शुद्धीकरण कार्यालय, सबै यसले हेर्ने पद्धतिको विकास गर्नु हुँदैन’, उनले भनेका छन् ।
सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही नबनेर काम गर्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया