कांग्रेसद्वारा सांसदहरूलाई बुधबारको बैठकका लागि ह्वीप जारी
काठमाडौं । नेपाली कांग्रेसले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ ।
मंगलबार सूचना जारी गरेर संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदहरूलाई बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन् ।
बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुँदैछ ।
संसदीय दलका अधिकृत विजयेन्द्रवीर आलेले निकालेको सूचनामा बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ ।
सूचनामा भनिएको छ, ‘बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।’
Published : Tuesday, 2023 June 27, 1:38 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया