उपचार गराउन आएकी महिलालाई मेडिकलभित्रै महराले सिध्याए…
काठमाडौं । उपचार गराउन आएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४६ वर्षीय हरकसिंह महरालाई पक्राउ गरेको छ ।
४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने महरालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
महिलालाई करणी गर्ने बेला महराले कुटपिट समेत गरेका थिए । महराविरुद्ध ती महिलाले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2023 June 27, 12:58 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया