जलहरीमा ओली र एमालेहरूको काण्डबारे रामहरिले प्रश्न उठाए
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा खतिवडाले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले भने, ‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौँ ।’
‘हामीलाई झुटको राजनीति गर्नुछैन । तर, त्योभन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ’, उनले भने, ‘यो बाध्यता किन गरियो ?’
उनले भने, ‘महादेवलाई उहाँहरुको नामबाट पानी खुवाउने चलन, पशुपतिनाथलाई खुवाउने चलन किन परेछ ? यसमा छलफल गर्नुपर्छ । सत्यतथ्य ल्याओस् ।’
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया