स्रोत नखुलेको रकमसहित काठमाडौंमा चिनियाँ नागरिकहरू पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा श्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपियाँ र २ हजार चिनियाँ युआनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएो छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चिनियाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरूले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई प्रहरीले श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Monday, 2023 June 26, 6:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया