स्रोत नखुलेको रकमसहित काठमाडौंमा चिनियाँ नागरिकहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपियाँ र २ हजार चिनियाँ युआनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएो छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चिनियाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरूले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई प्रहरीले श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Monday, 2023 June 26, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया