ललितपुरबाट सबैभन्दा ठूलो ‘मिटरव्याजी डन’ पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले अपराधिक षडयन्त्र तथा अनुचित लेनदेनको आरोपमा ‘मिटरव्याजी’ पक्राउ ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।
ललितपुर जिल्ला अदालतबाट पक्राउको आदेश लिएर ज्ञानेन्द्रलाई पक्राउ गरिएको ललितपुर प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
ज्ञानेन्द्रले विभिन्न व्यक्तिहरूलाई रकम दिएर वैदेशिक रोजगारीका कागज बनाउने, चेक लिने, वडा कार्यालयलाई साँक्षी राखेर लेनदेनको कागज गरेर दु:ख दिने जस्ता कार्यहरू गर्दै आएको प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।
ज्ञानेन्द्रले ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३७ को मनोज महर्जनलाई मिति २०७५/०९/२४ गते तीस लाख रुपियाँ सापटी दिएर वैदेशिक रोजगारको कागज गराएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
‘मिटरव्याजी’ ज्ञानेन्द्रले मनोजबाट पटक–पटक गरी एक करोड छब्बीस लाख रुपियाँ सावाभन्दा बढी लिएको प्रहरीले जनाएको छ ।
ज्ञानेन्द्रले अनुचित लेनदेन गर्न नहुने कसूर गरेको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा मनोजले दिएको किटानी जाहेरी दरखास्त बमोजिम पक्राउ गरिएको छ ।
ज्ञानेन्द्रलाई खोजतलास गर्ने क्रममा असार ८ गते चार बजे दिउँसो ललितपुर महानगरपालिकाको वडा नं. १४ जुपिटरटोलस्थित घरमा फेला पारी नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
‘मिटरव्याजी’ ज्ञानेन्द्र महर्जनको घरको कोठा खानतलासी सात करोड उन्नतीस लाख सतहत्तर हजार रुपियाँ बराबरको विभिन्न व्यक्तिहरूको नामको केही वडाबाट प्रमाणित भएका, केही नभएका र केही म्याद नाघेका गरी तमसुक थान २३, विभिन्न बैंक तथा सहकारीसमेतको जम्मा एक करोड चौंतीस लाख रुपियाँ बराबरको विभिन्न व्यक्तिहरूको नामको म्याद नाघेका, दस्तखत नभएका, मिति खाली रहेका चेक थान ३२, ६ थान चेक बुक र लालपुर्जासमेतका दशीका कागजातहरू बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट ७ दिन थप गरी बिस्तृत अनुसन्धान भइरहेको छ ।
अपराधिक षडयन्त्र तथा अनुचित लेनदेनको आरोपमा पक्राउ
जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २६ घर भई हाल ऐ.ऐ. वडा नं. १४ नखिपोट बस्ने बर्ष ४६ को ज्ञानेन्द्र महर्जनले जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ११ बस्ने वर्ष ३७ को मनोज महर्जनलाई मिति २०७५।०९।२४ मा रु. ३०,००,०००।- ( अक्षेरुपी तीस लाख रुपैयाँ) सापटी दिई बैदेशिक रोजगारको कागज गराई मनोज महर्जनबाट पटक-पटक गरी रु. १,२६,००,०००।- (एक करोड छब्बिस लाख रुपैयाँ) सावा भन्दा बढी लिई अनुचित लेनदेन गर्न नहुने कसूर गरेको भनि यस जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको किटानी जाहेरी दरखास्त बमोजिम निज ज्ञानेन्द्र महर्जनको नाममा सम्मानित ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी गरी निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०३।०८ गते अं. १६:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं.१४ जुपिटरटोलस्थित घरमा फेला पारी निजलाई नियन्त्रणमा लिईनिज बस्दै आएको घरकोठासमेत रितपुर्वक खानतलासी गर्दा रु. ७,२९,७७,०००।- ( अक्षेरुपी सात करोड उन्नतीस लाख सतहत्तर हजार रुपैयाँ ) बराबरको विभिन्न व्यक्तिहरुको नामको केही वडाबाट प्रमाणित भएका, केही नभएका र केही म्याद नाघेका गरीतमसुक थान २३(तेईस),विभिन्न बैंक तथा सहकारीसमेतको जम्मा रु.१,३४,००,०००।- ( अक्षेरुपी एक करोड चौंतिस लाख रुपैयाँ) बराबरको विभिन्न व्यक्तिहरुको नामको म्याद नाघेका, दस्तखत नभएका, मिति खाली रहेकाचेक थान ३२ (बत्तिस), ६ थान चेक बुक र लालपुर्जासमेतका दशीका कागजातहरु बरामद गरी निज ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी बिस्तृत अनुसन्धान भईरहेको ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया