ठेट्नाहरूले कांग्रेस छियाछिया बनाएको भन्दै डा.कोइरालाले जनाए चिन्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेस छियाछिया हुन लागेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.कोइरालाले कांग्रेसलाई कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको बताए ।
डा.कोइरालाले पार्टी जोगाउन सुभेच्छुक संस्थाहरूले भूमिका खेल्नुपर्ने बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो ?’
‘जाडोको याममा पात झरेको देख्नुभएको छ, पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब बसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ’, डा.कोइरालाले भनेका छन् ।
‘त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ’, उनले भने, ‘यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’
डा.कोइरालाले कांग्रेस अहिलेको अवस्थामा संवेदनशील भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उनले संविधानमाथि प्रहार हुन लागेको भन्दै सचेत हुनुपर्ने बताएका छन् । डा.कोइरालाले भने, ‘अहिले संविधानमाथि प्रहार हुन् थालेको छ । हामीले ७० वर्ष लगाएर बनाएको संविधान यसै मास्ने कुरा गर्न मिल्दैन ।’
‘यसकालागि कांग्रेसको भूमिका हुनुपर्छ । आउँदो भविष्यमा हामी कसरी जाने ? लेखेर मात्र हुँदैन । संविधान जोगाउनुपर्नेछ’, उनले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया