शर्मिलाले नरनाथलाई काठमाडौंमा धुलाइ गरिन्, प्रहरीले भ्यानमा हालेर लग्यो

काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने विवादित महिला शर्मिला वाइबाले विवादित स्वघोषित कथित अभियन्त नरनाथ गौतमलाई चप्पले दनक दिएकी छिन् ।

केही दिन अगाडि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको पार्किङमा गौतमलाई वाइबाले धुलाइ गरेकी हुन् । गौतमविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीलाई भ्यानसहित लिएर आएकी वाइबाले गौतमलाई पक्राउ गरेकी हुन् । गौतम र वाइबाबीच बेलाबेला विवाद हुँदै आएको छ ।

प्रहरीले पक्राउ गर्ने बेला वाइबा र गौतमबीच केही समय तल्लोस्तरको गालीगलौज पनि भएको थियो । गौतमलाई प्रहरीले पक्राउ गरेर भ्यानमा हालेर लगेको थियो । वाइबाविरुद्ध गौतमले मुर्दावाद भनेर नारा लगाएका थिए ।

गौतम निकै विवादित व्यक्ति हुन् । गौतमले धेरैलाई अभियन्ताको नाममा ठगी गरेको आरोप लाग्दै आएको छ ।

वाइबा पनि कम्ताकी छैनिन् । केही महिना अगाडि पत्रकार ऋषि धमलासँगको स्क्याडलमा विवादमा परेकी थिइन् । पत्रकार धमलाले काजु खाएर सेक्स गर्ने गरेको भन्ने बयान दिएपछि काजुको माग बढेको थियो ।

सामाजिक सञ्जालमा वाइबा र गौतमले निकै छाडा बोलेर हैरान बनाएका छन् । उनीहरूका हर्कतबाट प्रहरी प्रशासन दिक्क भएको छ ।

Published : Saturday, 2023 June 24, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया