चीनले भिखको रकम जति नेपाललाई सहयोगको घोषणा गर्‍यो, लाज छैन राजदूतलाई

काठमाडौं । आफूलाई आर्थिक र सैन्य क्षमतामा विश्वकै शक्तिशाली राष्ट्र ठान्ने चीनले एक करोड बराबरको राहत सामग्री र ४० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।

चीनले पूर्वी नेपालमा बाढी पहिरो प्रभावितलाई सहयोगस्वरूप ४० लाख नगद र १ करोड बराबरका राहत सामग्री सहयोग गर्ने नेपालका लागि चिनियाँ राजदूत छन सोङले बताएका छन् ।

शनिबार पोखरामा ड्रागन बोट रेस फेस्टिभलको समापनमा कार्यक्रममा राजदूत सोङले ४० लाख नगद र १ करोड बराबरको राहत सामग्री दिने घोषणा गरेका हुन् ।

चीन जस्तो ठूलो राष्ट्रले दिन लागेको यति सानो सहयोगलाई भिख भनेर आलोचना भएको छ । दिनु नै छभने चीनले बाढीपहिरो पीडितलाई राहत सामग्री मात्रै दिए हुन्छ । ४० लाख भिख दिए जस्तो गरेर के गर्न खोजेको हो ? नेपाललाई चीनले हेपाह प्रवृत्ति देखाएको हो कि भनेर आलोचना भएको छ ।

उनले भने, ‘अहिले नेपाल सरकारको ध्यान पूर्वी नेपालमा छ । चीन र नेपाल पनि नदी र हिमालबाट एक आपसमा जोडिएको छन् । यो दु:खको घडीमा सहयोग गर्नु हाम्रो पनि दायित्वभित्र पर्छ ।’

राजदूत सोङले बोट रेसको आयोजकको रूपमा नगद र चीन–दक्षिण एसिया आपतकालीन् आपूर्ति भण्डारबाट राहत तथा उद्धार सामग्री सहयोग गर्ने बताएका छन् ।

उनले यस वर्षदेखि शुरु भएको ड्रागन बोट रेस आगामी वर्ष पनि निरन्तरता दिने बताएका छन् ।

Published : Saturday, 2023 June 24, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया