सिन्धुपाल्चोक कांग्रेसका पूर्व सभापति लामाको निधन, मन्त्री बस्नेतद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व पार्टी सभापति विकास लामाको ६४ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सर रोगको लामो समयदेखि उपचार गराइरहेका लामाको काठमाडौंको बीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मध्यराति करीव १२ बजेर ३० मिनटमा निधन भएको सिन्धुपाल्चोक कांग्रेसका सभापति जंगबहादुर लामाले बताएका छन् ।
स्व.लामाको शवलाई बौद्ध धर्म परम्पराअनुसार काठमाडौंमा आइतबार अन्त्यष्टि गरिनेछ ।
पूर्व सभापति लामाको निधनप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दु:ख व्यक्त गरेका छन् । मन्त्री बस्नेतले स्व.लामाको शवमा श्रद्धाञ्जलि दिएका छन् ।
स्व.लामाप्रति कांग्रेसका नेता राजु गोर्खाली, बागमती प्रदेशकी बनमन्त्री मसिना खड्कालगायतका सिन्धुपाल्चोकका नेता कार्यकर्ताले श्रद्धाञ्जलि दिएका छन् ।
ईन्द्रावती गाउँपालिका वडा ९ निवासी लामाका दुई पत्नी, दुई छोरा र चार छोरी छन् । कान्छी पत्नीको निधन भइसकेको छ ।
कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका लामा नेविसंघ सिन्धुपाल्चोकको सभापति, कांग्रेसको क्षेत्रीय सभापति हुँदै जिल्ला सभापति निर्वाचित भएका थिए । कांग्रेसको १४औँ महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवार बनेका थिए ।
पूर्वसभापति लामाको निधन भएकोमा कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ट्वीट गरेर शोक व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया