हुसेनलाई डाँका र जबरजस्ती करणीमा सजाय, प्रहरीद्वारा पक्राउ
काठमाडौं । सुनसरी जिल्लाबाट प्रहरीले डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।
डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दुहबी नगरपालिका–१ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपियाँ जरिवाना सजाय ठहर भई फरार रहेका थिए ।
उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका–८ सोनापुरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशल कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ ।
Published : Friday, 2023 June 23, 12:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया