ट्रेड युनियन कांग्रेसको अध्यक्षमा संस्थानका कुँवर निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल ट्रेड युनियन कांग्रेस’को अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचन कुँवर सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् । कुवँरले महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहका महेन्द्र यादवलाई हराइदिएका छन् । कुँवरसँग यादव ६५ मतको अन्तरबाट पराजित भएका छन् ।
अध्यक्ष निर्वाचित कुवँरले ४४१ मत पाएका छन् । अध्यक्षमा पराजित यादवले ३७६ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।
महासचिवमा अजयकुमार राई ४६४ मतका साथ निर्वाचित भएका छन् । महासचिवमा डीपी अर्याल पराजित भएका छन् । अर्यालले ३३७ मत पाएका छन् ।
खुलातर्फको उप–महासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उप–महासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् ।
सेवा क्षेत्रतर्फको उप–महासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उप–महासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उप–महासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सह–कोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यसमिति ४९ सदस्यीय हुने व्यवस्था छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया