कांग्रेस सभापति बानियाँद्वारा विभागलाई पूर्णता प्रदान
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेश भ्रातृसंघ समन्वय विभागलाई पूर्णता दिएका छन् ।
बुधबार कांग्रेस बागमती प्रदेश सम्पर्क कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा सभापति बानियाँले मनोनीत सबै सदस्यलाई बधाई तथा शुभकामना दिएका छन् ।
सभापति बानियाँले विभागको संयोजकमा प्रज्वल दवाडी नियुक्त भएका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १३(१०) (झ) बमोजिम बागमती प्रदेश सदस्य दवाडीको संयोजकत्वलाई सभापति बानियाँले बुधबार पूर्णता दिएका हुन् ।
विभागको सदस्यमा शेरबहादुर परियार, होम श्रेष्ठ, अच्युत श्रेष्ठ, विशाल तामाङ, प्रेमनारायण श्रेष्ठ, बुद्ध भण्डारी, राजु श्रेष्ठ, दीपकप्रसाद मैनाली, सरस्वती तिमिल्सिना खनाल, विजेन रञ्जित, मनीष शिवाकोटी, निमा बानियाँ र रीता खड्का छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया