राष्ट्रपतिको मुटुका चाल कम भएपछि पेस मेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा पौडेलको छातीमा पेस मेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूको यस सेन्टरमा जेठ २ गतेदेखि उपचाररत हुनु हुन्छ । ७२ घण्टाको नियमित निगरानीका क्रममा राष्ट्रपतिज्यूको मुटुको चाल बेलाबखतमा कम हुने देखिएकोले विशेषज्ञहरूको राय बमोजिम पेस मेकर राख्नुपर्ने देखिएकोले आजै (मंगलबार) सफलतापूर्वक स्थायी पेस पेकर राखिएको छ ।’

प्रा.डा.गजुरेलले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।

Published : Tuesday, 2023 June 20, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया