राष्ट्रपतिको मुटुका चाल कम भएपछि पेस मेकर राखियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा पौडेलको छातीमा पेस मेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूको यस सेन्टरमा जेठ २ गतेदेखि उपचाररत हुनु हुन्छ । ७२ घण्टाको नियमित निगरानीका क्रममा राष्ट्रपतिज्यूको मुटुको चाल बेलाबखतमा कम हुने देखिएकोले विशेषज्ञहरूको राय बमोजिम पेस मेकर राख्नुपर्ने देखिएकोले आजै (मंगलबार) सफलतापूर्वक स्थायी पेस पेकर राखिएको छ ।’
प्रा.डा.गजुरेलले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया