कांग्रेसका बागमती प्रदेश सभा सदस्य महर्जनको क्षेत्र ललितपुर १ (२) मा १०९ योजनामा बजेट
काठमाडौं । बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले आफ्नो निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ का लागि उल्लेख्य बजेट र योजनाहरू समावेश गर्न सफल भएका छन् ।
असार १ गते बागमती प्रदेश सरकारले ल्याएको बजेटमा नेता महर्जनले ठूला र साना गरी १०९ वटा योजनाहरू पारेका छन् ।
ललितपुर क्षेत्र नं. १ (२)बाट निर्वाचत सांसद महर्जनले प्राथमिकता र जनताको मागअनुसार योजना र बजेट ल्याएका छन् । उनले कान्तिलोकपथ सडक वर्षातको समयमा पहिरो जाने भएका कारण तत्काल सडक खुलाउन सरोकारवाला निकायसँग समन्वय गरेर २४सैँ घण्टा मेशिनसहितको जनशक्ति उपस्थित गराएका छन् ।
महर्जनको निर्वाचन क्षेत्रमा १५ वटा वडाहरू छन् । ती सबै वडाहरूमा बजेट पर्ने गरेर उनले योजना बनाएका थिए । बाँकी रहेका आफ्ना योजना र कामहरूलाई क्रमश: अगाडि बढाउने जनाएका छन् ।
प्रदेश सभा सदस्य महर्जनका अनुसार प्याङगाउँभित्र डाची इँट्टा छाप्ने कामको लागि ३० लाख, बरुनचलुली देउराली मोटर बाटो ढलानमा २५ लाख, बगुवा ज्यामिरे माल्टा सडक स्तरोन्नतिमा ३० लाख, गठीभञ्ज्या सिम्ले मोटर बाटो ढलानमा २५ लाख, ठोस्ने खाला इकुडोल सानोचिला सडक स्तरोन्नतिमा २५ लाख बजेट परेको छ ।
हुलाकीचौर सामुदायिक भवन निर्माणमा ५ लाख, बागमती गाउँपालिका जोड्ने सडकका लागि १० लाख, जिम्वाको घर हुँदै टोकला माथ बसपार्क सडकमा ५ लाख, कलवनबेसी हुँदै पोखरीडाँडा माझखण्ड सडक स्तरोन्नतिका लागि ३० लाख, माल्टाफाँटदेखि बगुवा जोड्न मोटर बाटो स्तरोन्नतिका लागि ३० लाख बजेट परेको छ ।
ढुकछाप बसपार्कदेखि आर्ट किलेज सडक स्तरोन्नतिका लागि २० लाख, आँपचौरदेखि आश्रङ हेल्थपोष्ट जाने सडक स्तरोन्नतिमा २० लाख, कान्तिलोकपथ मासखोला चैनपुर सडक स्तरोन्नतिमा २० लाख, खानेपानी ट्यांकीबाट गुठी घर जाने बाटो स्तरोन्नतिमा २० लाख, भैंसे धोर्जेभिर गोठबारी सडक स्तरोन्नतिमा २० लाख, मगरगाउँबाट गिम्दीबेसी जाने मोटरबाटो स्तरोन्नतिमा २० लाख बजेट परेको छ ।
शिर्खर्पा मोटर बाटो स्तरोन्नतिमा २५ लाख, गोदावर ११ सेराफाँटबाट वडा नं. ९ जाने मोटर बाटोमा ३० लाख, इटाहिटी महिला भवन निर्माणमा २० लाख, गुठी भवन सल्यान तल्लो टोल भवन निर्माणमा २० लाख, दलचोकी एकीकृत सामुदायिक भवन निर्माण कोन्ज्योसोममा २० लाख, बार्खा टोल सामुदायिक भवन निर्माणमा २० लाख, बुलु विहार निर्माणमा २० लाख, सेराफाँट उत्तरपट्टिको बाटो स्तरोन्नतिमा २० लाख, डुकुछाप खेलकुद मैदान स्तरोन्नतिमा ३० लाख बजेट परेको छ ।
छम्पी खेलकुद मैदान निर्माणमा २० लाख, ज्योति विहार स्तरोन्नतिमा २० लाख, शंखुबुद्ध पोखरी संरक्षण कार्यक्रममा १५ लाख, घट्टेखोला ओखर भञ्ज्याङ मोटर बाटो स्तरोन्नतिमा २० लाख, सो क्योकुसिन कराते भवन निर्माण गोदावरी ६ मा २० लाख, खाबा मवीर क्वालिङ मोटर निर्माणमा २० लाख, बागमती बगुवाबेसी बाली संरक्षणमा ८ लाख, प्यूटार घोरेघाट बामगती नदी संरक्षणमा ८ लाख, बागमती नदी नियन्त्रणमा ८ लाख, पागल वन पहिरो नियन्त्रणमा ८ लाख, दनुवार गाउँवस्ती संरक्षणमा ८ लाख, थुम्की आधारभूत विद्यालय पहिरो नियन्त्रणमा ८ लाख बजेट परेको छ ।
बलटोल दमार पहिरो नियन्त्रणमा ८ लाख, भकारेडाँडा बस्ती संरक्षणमा ८ लाख, सिस्नु डोल पहिरो नियन्त्रणमा १० लाख, पुरातात्विक पर्यटकीयस्थल बज्रबाराही स्तरोन्नतिमा १५ लाख, ऐतिहाँसिक सिद्ध पोखरी स्तरोन्नतिमा १५ लाख, बुलु भैरव मन्दिर निर्माणमा ८ लाख, ऐतिहाँसिक बज्रबाराही परिसर मन्दिर मर्मतमा ८ लाख, छम्पीदेवी मन्दिर परिसर स्तरोन्नतिमा ८ लाख, मूल गणेश मन्दिरमा २० लाख, हरिकृतन भवन निर्माणमा १५ लाख बजेट परेको छ ।
ईखा चिहान निर्माणमा १५ लाख, बुलु पार्क निर्माणमा १० लाख, चमेरो गुफा संरक्षणमा १० लाख, माझखण्ड पर्यटन प्रवर्द्धन कार्यक्रममा १० लाख, चन्दै भैरव मन्दिर पुन: निर्माणमा १० लाख, दलचोकी पोखरी संरक्षणमा १० लाख, राडर वीपी पार्क पूर्वाधार निर्माणमा १० लाख, दक्षिणकाली मन्दिर तथा पार्क निर्माणमा २५ लाख, बाझखेत घोरेघाट बागमती सिचाइँ लिफ्टिङमा १५ लाख, माल्टाफाँट सिचाइँमा १५ लाख, छम्पी टीकाभैरव सिचाइँमा २० लाख, माल्टा बागमती लिफ्टिङ सिचाइँमा २० लाख, तिनघरे पउनडाँडा पहिरो संरक्षणमा २० लाख, महाकालडाँडा सिचाइँ योजनामा २५ लाख बजेट परेको छ ।
बरबोट सिलिङ्गे खानेपानी योजनामा २५ लाख, मवीर गुर्दुम खानेपानी योजनामा २० लाख, सिठाघारी मोचेडाँडा खानेपानीका लागि १० लाख, सिक्ठाघारी मोचेडाँडा खानेपानी डीपीआरका लागि १० लाख, देवीचौर खानेपानी योजनामा २० लाख बजेट परेको छ ।
डुकुछाप जोल्खु खानेपानी योजनामा ६ लाख ५० हजार, गोदावर १ मा खानेपानी योजना ६ लाख, सिमसार सरेडोल खानेपानी आयोजनामा ४५ लाख, घुसेल खानेपानी योजनामा २० लाख, बज्रबाराही खानेपानी योजनामा १० लाख, लिफ्टिङ सिचाइँ योजना विद्युतीकरण कार्यमा १० लाख, छायाक खोल्सा नियन्त्रणमा १० लाख, घोरेघाटदेखि आश्रङ बागमती नदी तटबन्धमा १० लाख, नख्खु खोला नियन्त्रणमा २० लाख, प्यूटार गणेश ढुँगा सिप्रिङ सिचाइँ निर्माणमा २० लाख, टीकाभैरव २ नं. राजकुलो मर्मतमा २० लाख, टीकाभैरव १ नं. राजकुलो मर्मतमा २० लाख बजेट विनियोजन भएको छ ।
आश्राङ लुकुनी बेशी फाँट सिचाइँमा १० लाख, खयरघारी फाँट सिचाइँमा १० लाख, घ्याम्पेडाँडा चाकुण्डोल सिचाइँमा १० लाख, टीकाभैरव छम्पी सिचाइँमा १५ लाख, नागटार लिफ्टिङ सिचाइँ योजनामा १५ लाख, बगुवा प्यूटारबीच खोला बाँध बाधेर सिचाइँ गर्न १० लाख, बगुवाबेसी लिफ्टिङ सिचाइँ योजनामा १५ लाख, गिम्दीबेशी लिफ्टिङ सिचाइँमा १० लाख, इकुडोल माझखण्ड खानेपानी आयोजना लिष्टिङ तथा ट्याकी निर्माणमा १५ लाख, शंखु खानेपानी आयोजनामा १० लाख बजेट विनियोजना भएको छ ।
बज्रबाराही नमूना बस्ती खानेपानी योजनामा १० लाख, टीकाभैरव खानेपान योजनामा ८ लाख, डुकुछाप खानेपानी योजनामा ५ लाख, आश्राङ खानेपानी आयोजनामा ५ लाख, ढुँगेपानी खानेपानी आयोजनामा ५ लाख, छहरेखोला मानेगाउँ खानेपानी आयोजनामा ५ लाख, डुकुछाप आर्ट भिलेज खानेपानी आयोजनामा १० लाख, फैडोल खानेपानी आयोजनामा ५ लाख, खत्रीडाँडा विमिरे खानेपानी योजनामा ५ लाख, घट्टेखोला देउराली लिफिरिङ खानेपानी योजनामा १० लाख, चापागाउँ फिल्टर पलान खानेपानी योजनामा २५ लाख बजेट परेको छ ।
चिसापानी खानेपानी टोकलमाठ योनजामा १० लाख, छम्पी खानेपानी योजनामा १० लाख, ढुंगेपानी खानेपानी योजनामा १० लाख, दनुवारगाउँ खानेपानी योजनामा १० लाख, धुम्बीवेशी सिचाइँ योजनामा १५ लाख, फैडोल खानेपानी योजनामा १५ लाख, बगुवा खानेपानी योजनामा १० लाख, भकारीडाँडा जलघैटो निर्माणमा १० लाख र माल्टा खानेपानी योजनामा २० लाख रुपियाँ विनियोजन भएको छ ।



बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया