एमालेको अल्पमत सरकारको निच हर्कत, खतिवडाले उठाए जबरजस्त आवाज
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दृष्टीबिहीनहरूका दुई वटा आँखा गुमेकाहरूलाई ‘क’ वर्गको रातो कार्ड व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले दुबै आँखा गुमाएकाहरूलाई रातो कार्ड दिनुपर्ने बताए ।
उनले भने, ‘दृष्टीबिहीनहरूका दुइटै आँखा गुमेको सबैभन्दा ठूलो चिन्ता हो । दुइटै आँखा गुम्दा पनि सरकारले ‘क’ वर्गको रातो कार्ड व्यवस्थापन दृष्टीबिहीनहरूलाई गरेको छैन । यो काम तुरुन्त प्रारम्भ गरियोस् ।’
सांसद खतिवाडले गाइबस्तुमा लाग्ने लम्किस्किम रोगको औषधि जिल्लाहरूमा पठाउन आग्रह गरेका छन् ।
उनले भने, ‘लम्किस्किम रोगको तुरुन्त औषधि जिल्ला–जिल्ला नि:शुल्क वितरण गरेर त्यो रोग नियन्त्रण गर्ने कार्यक्रम सरकारले प्रारम्भ गरोस् ।’
सांसद खतिवडाले ओखलढुंगाको टेण्डर भइसकेको पहिरे खोलाको पुलको बजेट काट्ने निर्णय गरेको भन्दै प्रदेश नं. १ (कोशी प्रदेश)को अल्पमतको एमाले सरकारको आलोचना गरेका छन् ।
खतिवडाले भने, ‘प्रदेश नं. १ अल्पमतमा परेर अध्यायदेशबाट बजेट ल्यायो । ओखलढुंगाको पहिरे भन्ने ठाउँमा टेण्डर भइसकेको पुललाई रद्द गर्ने काम गरेको छ त्यो छिटोभन्दा छिटो बनाउने काम प्रारम्भ गरियोस् ।’
कांग्रेसका सांसद खतिवडाले पूर्वबाट काठमाडौं छिर्ने बसहरूलाई गोंगबु बसपार्कमा पठाउने गर्दा समस्या भएको भन्दै उपयुक्त व्यवस्था गर्न माग गरेका छन् ।
उनले भने, ‘बसपार्कमा पूर्वबाट आएका बस रोक्न नदिएर सिधै बसपार्कमा लैजाने व्यवस्था गरिएको छ ।’
‘त्यसलाई पायक पर्ने ठाउँमा ओराल्ने र यात्रुलाई लैजाने व्यवस्था सरकारले गरोस्’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया