तरुण अध्यक्ष गुरुङद्वारा क्यान्सरको उपचार गराइरहेका बालकलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले क्यान्सर रोगको उपचार गराइरहेका बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
आइतबार अध्यक्ष गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं.७ चापाखोरी कुरुवास निवासी अनिलकुमार मोक्तानलाई १ लाख ३० हजार नगद हस्तान्तरण गरेका हुन् ।
तामाङका १० वर्षीय छोरालाई ब्लड क्यान्सर भएपछि सिभिल अस्पताल, मीनभवनमा उपचार भइरहेको छ ।
नेपाल तरुण दल काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका कार्यसमिति, नेपाल तरुण दल काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष सुजन लामाको पहलमा १ लाख ३० हजार नगद अध्यक्ष गुरुङले हस्तान्तरण गरेका हुन् ।
बालकको उपचारका लागि तरुण दलका नेताहरूको पहलमा सो आर्थिक रकम संकलन भएको थियो । तरुण दलका अध्यक्ष गुरुङले बालकको उपचारका लागि थप सहयोग गर्न पनि अपील गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया