दुई थरी पासपोर्टको शुल्क एउटै कायम, अब कति लाग्छ ?
काठमाडौं । सरकारले ३४ र ६६ पेजको पासपोर्टका लागि एउटै शुल्क कायम गरेको छ ।
यसअघि ३४ पृष्ठको पासपोर्ट बनाउँदा १२ हजार रुपियाँ र ६६ पृष्ठको हकमा २० हजार रुपियाँ शुल्क लिने गरिएको थियो । दुबै पासपोर्टमा अब एकरूपता कायम गर्न लागिएको छ ।
आइतबारदेखि ३४ वा ६६ पेजको पासपोर्ट बनाउँदा शुल्कमा एकरूपता कायम हुने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयबाट ६६ पेजको पासपोर्ट बनाउँदा पाँच हजार शुल्क लाग्नेछ । यसअघि ६६ पेजका लागि जिल्ला प्रशासनमा निवेदन दिँदा १० हजार लाग्ने गरेको थियो ।
आइतबारदेखि ६६ पेजको पासपोर्टको लागि जिल्ला प्रशासनबाट निवेदन दिँदा पाँच हजार मात्रै शुल्क तिर्नुपर्नेछ ।
यसबाहेक इमर्जेन्सीको हकमा केन्द्रमै आएर पासपोर्ट बनाउदा १२ हजार शुल्क तिर्नुपर्नेछ ।
राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधनपछि परराष्ट्र मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया