तुलसीपुरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ जना घाइते
काठमाडौं । दाङमा डबल क्याप पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने ९ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा जीपका चालक रोल्पाको गंगादेव गाउँपालिका– १ ओत बस्ने वर्ष ३२ का विष्णुबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको छ । पुनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर अवस्थामा थिए । उनको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
तुलसीपुर उप–महानगरपालिका वडा नं. ३ लाहुरे चौरमा तुलसीपुरबाट रोल्पाको जुगार जाँदै गरेको रा.१ ज. ५५६ नम्बरको जीप शुक्रबार बिहान साढे १० बजे दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जीप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका १० जनालाई उपचारको लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको थियो ।
घाइते हुनेहरूमा वर्ष २३ का पलमान वली, वर्ष ४२ का दिलबहादुर वली, वर्ष २० की रीता डाँगी, वर्ष ३२ की गौसरा वली रहेका छन् ।
सल्यानको छत्रेश्वरी गाउँपालिका– १ दमाचौर बस्ने वर्ष २८ की गीता बिक, गीता कै छोरा–छोरी वर्ष ८ का पदम बिक र वर्ष ६ की तनियाँ बिक, तुलसीपुर उप–महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३३ को खुशीराम चौधरी र भारतको कोलकत्ता घरभई हाल तुलसीपुर बस्ने वर्ष ३० को सद्याम हुसेन घाइते भएका छन् ।
घाइतेहरूको तुलसीपुरका साथै बाँकेको कोहलपुर मेडिकल कलेजलगायतका स्थानमा उपचार भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया