शर्माले पाए अष्ट्रेलियाको सर्वोच्च अदालतमा अधिवक्ताको लाइसेन्स
काठमाडौं । अष्ट्रेलियामा रहेका प्रसिद्धमाइग्रेसनएजेन्ट निशान्त शर्मा अष्ट्रेलियाको न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बनेका छन् ।
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका सिईओसमेत रहेका शर्मा विगत ६ वर्षदेखिको निरन्तर संकल्प र अटल दृढसंकल्पका कारण शुक्रबार यो सफलतामा पुगेका हुन् ।
शर्मा यसअघि नै अष्ट्रेलियामा पटक–पटक सर्वोत्कृष्ट आप्रावासी एजेन्टको उपाधिबाट सम्मानित भैसकेका छन् । आफ्नो पेशा र व्यवसायमा उत्कृष्टता प्रदान गरेकै कारण उनी हजारौंको मन जित्न सफल भएका हुन् ।
शुक्रबारबाट भने आफूले कानूनी क्षेत्रमा छुट्टै स्थान बनाउनेगरि पाइला चालेको उनको भनाई छ ।
शर्माको यो उपलब्धि उनको व्यक्तिगत सफलतामात्रै नभएर अष्ट्रेलियामा रहेका नेपाली समूदायको लागि पनि ठूलो खुशीको विषय हो ।
शर्माको यो सफलताको खुशी साट्नको लागि उनका अभिभावक र प्रेरणाका स्रोत प्रसिद्ध अधिवक्ता डा. शम्शेर थापा आँफै शर्मासँगै अदालत पुगेका थिए ।
शर्माले आफू यो स्थानमा आईपुग्नको लागि डा. थापाकै मार्गनिर्देशन कोशेढुंगा सावित भएको बताउँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया