मणिपुरमा मन्त्रीको घरमा बदमाशहरूद्वारा पेट्रोल बम प्रहार, घर जलेर नष्ट
मणिपुर । भारतको मणिपुरमा केही दिनदेखि हिंसाका घटनाहरू बाहिर आएका छन् । बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रंजन सिंहको इंफालको कोंगबास्थित निवासमा आगो लगाएर क्षति पुर्याइएको छ ।
मणिपुर सरकारले राज्यमन्त्री सिंहको निवासमा बदमासहरूले आगो लगाएर क्षति पुर्याएको पुष्टि गरेको छ ।
राज्यमन्त्री सिंह निवासमा थिएनन् । उनी कामको शिलशिलाकामा केरलमा छन् । आगलागीबाट मानवीय क्षति भएको छैन ।
घरको ग्राउण्ड फ्लोर र पहिलो तला जलेर नष्ट भएको छ । बदमाशहरूले पेट्रोल बम प्रहार गरेर घरमा क्षति पुर्याएका छन् ।
घटना कोंगा नंदीबाम लेकाइ इलामा बिहीबार राति करीव १० बजे भएको थियो । आगोलाई दमकल र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । घरको पार्किङमा रहेका गाडीहरूमा पनि क्षति पुगेको छ ।
मणिपुरमा तीन मईदेखि मेइतेई र कुकी समुदायका बीच जातीय संघर्षमा ११५ जनाको मृत्यु भएको छ । ३ हजारभन्दा धेरै घाइते भएका छन् ।
बुधबार मणिपुरमा एन बीरेन सिंह सरकारमा मन्त्रीको आधिकारिक आवासमा पनि अपरिचित बदमाशहरूले जलाएका थिए ।
कांगपोकपीमा भाजपा विधायक नेमचा किपगेन राज्यको उद्योगमन्त्री छिन् । उनी मणिपुर क्याबिनेटकी एक मात्र महिला मन्त्री हुन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया