अब सार्वजनिक यातायातको टिकट एक ठाउँमा मात्रै पाइने, बालेनले फालिदिए काउन्टरहरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाइदिएको छ ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’को निर्देशनमा शुक्रबार बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको हो । नगरप्रमुख शाहले टिकट काउन्टरहरूलाई व्यवस्थित बनाउन अव्यवस्थित काउन्टरहरू हटाइदिएका हुन् ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको थिो । बसपार्कभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिइएको थियो ।

कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरू राखेर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन् ।

जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Published : Friday, 2023 June 16, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया