ललितपुरबाट भण्डारीलाई पक्राउ
ललितपुर । प्रहरीले ललितपुरबाट लेनदेन मुद्दाका फरार प्रतिवादी ४७ वर्षीय विद्यासुषण भण्डारीलाई पक्राउ गरेको छ ।
लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (विगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भएपछि भण्डारी फरार रहेका थिए ।
फरार रहेका उनलाई प्रहरीले ललितपुर महानगपालिका–१ कुपण्डोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
Published : Thursday, 2023 June 15, 8:49 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया