नवलपरासीमा लागुऔषधसहित मानिस पक्राउ
काठमाडौं । नवलपरासीको सरावल गाउँपालिका–४ पुर्नाहबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पाउडर २ ग्राम ४ सय ७ मिलिग्रामसहित ललितपुर बस्ने ३२ वर्षीय सुधारे हरिजनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले यूपी ५६ एएम ७८८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Thursday, 2023 June 15, 8:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया