नवलपरासीमा लागुऔषधसहित मानिस पक्राउ
काठमाडौं । नवलपरासीको सरावल गाउँपालिका–४ पुर्नाहबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पाउडर २ ग्राम ४ सय ७ मिलिग्रामसहित ललितपुर बस्ने ३२ वर्षीय सुधारे हरिजनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले यूपी ५६ एएम ७८८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Thursday, 2023 June 15, 8:37 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया