हेमन्तलाई काठमाडौंमा गोली प्रहारबारे व्यूरो बोल्यो, होटलमा के भएकाे थियाे ?

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध व्यूरो, कोटेश्वरले लागुऔषध कारोबार गर्ने विदेशीसहित ११ जना मानिसहरूलाई पक्राउ गरेको छ ।

व्यूरोको टोलीले गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित मानिसहरू पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

लागुऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा व्यूरोबाट व्यापक मात्रामा प्रहरी टोली परिचालन भएको थियो ।

जेठ २५ गतेदेखि एक हप्तासम्म संचालन गरिएको कारवाहीमा लागुऔषध कारोबारीहरू पक्राउ परेका हुन् ।

जेठ २८ गते लागुऔषधको कारोवार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरी टोलीले शंकास्पद कारोवार गर्ने व्यक्तिलाई पछ्याउँदै जाने क्रममा काठमाडौं महानगरपालिका ९ शम्भुमार्गमा रहेको मोरङ बेलबारी गेष्ट हाउसमा पुगेको थियो ।

गेष्ट हाउसबाट भारतीय नागरिक वर्ष २६ को हेमन्तकुमार भगतलाई लागुऔषध खैरो हेरोईन १०० ग्रामसहित फेला पारी पक्राउ गरेको व्यूराले जनाएको छ । थप व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्न खोज्ने क्रममा जवाफी कारवाही गर्दा भगतको बायाँ खुट्टाको घुँडामुनि एक राउण्ड गोली लाग्न गई घाइते भएका थिए ।

भगतलाई मनमोहन कार्डियोथोरासीस भास्कुलर ट्रिट्मेन्ट सेन्टर महाराजगंजमा प्रहरी निग्रानीमा उपचार भइरहेको छ ।

जेठ २९ गते बिहान पौने ६ बजेको समयमा टर्किस एयरको फ्लाईटद्वारा काठमाडौंबाट स्तानवुल हुँदै जर्मन प्रस्थान गर्न लागेका जर्मन नागरिक वर्ष ६३ को पाउल वेष्टले साथमा लिई आएको लगेजहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा चेकजाँच भएको थियो ।

चेकजाँच गर्ने क्रममा ब्यागेजहरूभित्रबाट लागुऔषध चरेश ६ किलो ८६० ग्रामसहित पक्राउ गरिएको थियो ।

जेठ २६ गते व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका– २६ नयाँबसपार्कबाट भारतको झब्रितला ललालपुर माल्दा– ७३२२०६ पश्चिम बंगाल ठेगाना भएका भारतीय नागरिक वर्ष ३६ को मोहमद् सबिउल इसलामलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

उनको शरीर खानतलासी गर्दा ६८ हजार नगद बरामद भएको छ । उनको साथबाट लागुऔषध खैरो हेरोईन ५२ ग्राम फेला पारिएको छ ।

इसलामसँग रामेछापको मन्थली नगरपालिका वडा नं. २ ठेगाना भएका वर्ष २४ को सम्जु बिसुंके, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ७ ठेगाना भएका वर्ष २६ को आशिष अधिकारी, चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ ठेगाना भएका वर्ष ३४ को रविन्द्र केसीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. ८ गौरीघाटस्थित डेराकोठाबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नं. २ ठेगाना भएका वर्ष २६ को रामचन्द्र कुँवरलाई लागुऔषध खैरो हेरोईन पक्राउ गरेको छ । उनको साथबाट ९.३ ग्राम समेतका चिजवस्तुहरू फेला पारिएको छ ।

चितवनको राप्ती नगरपालिका वडा नं. ६ ठेगाना भएका वर्ष ४२ को खोमबहादुर धिताललाई पनि पक्राउ गरिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ बाट पक्राउ गरी रामचन्द्र कुँवर र खोमबहादुर धितालउपर लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरस्थित एक रेस्टुरेन्टबाट सप्तरीको शम्भुनाथ नगरपालिका वडानं. ८ ठेगाना भएका वर्ष ३४ को श्रीप्रसाद साह र वर्ष ३४ की प्रमिलादेवी साहको साथबाट नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन(नुफिन) ४५५ एम्पुल, डाईजेपाम ४६५ एम्पुल र फेनारगन ४९८ एम्पुल गरी जम्मा १४१८ एम्पुल बरामद गरिएको छ ।

व्यूरोको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंङ्गाबाट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३० को निराजन लामिछामेको साथबाट खैरो हेरोईन १६ ग्राम ५० मिलिग्रामसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2023 June 15, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया