यी बीस जना शाखा अधिकृतहरूको गृह मन्त्रालयमा सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना शाखा अधिकृतहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले बुधवार २० जना शाखा अधिकृतहरूको गृह मन्त्रालयमा सरुवा गरेको हो । उनीहरू विभिन्न मन्त्रालय, कार्यालय तथा आयोगमा कार्यरत शाखा अधिकृत हुन् ।

गृह मन्त्रालयमा सरुवा हुनेहरूमा अच्युत श्रेष्ठ, दीपेन्द्र रेग्मी, उदयराज भट्टराई, गणेशविक्रम बस्नेत, बेनुकराज कार्की, युनिल राई, जयराम श्रेष्ठ, बाबुराम पन्थी, लोकेन्द्रबहादुर ज्ञवाली, महेशविक्रम लगेजु रहेका छन् ।

विज्ञान कोइराला, सन्तोष लामिछाने, प्रवीन दाहाल, राजीवकुमार सिंह, श्यामकृष्ण पौडेल, विश्वविजय शर्मा, कमलराज उपाध्याय, महेन्द्रसिंह रावल, रामहरि पोखरेल र अयप्रसाद गौतमको पनि गृह मन्त्रालयमा सरुवा भएको छ ।

Published : Thursday, 2023 June 15, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया