बालेनको प्रशंसा गर्दै महेश बस्नेतले रवि लामिछाने र सोविता गौतमको धज्जी उडाए

काठमाडौं । एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सांसद सोविता गौतमको आलोचना गरेका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा एमालेका नेता बस्नेतले रवि लामिछाने र सोविता गौतमहरूको नौटंकी धेरै नचल्ने बताएका छन् ।

उनले भने, ‘रवि लामिछाने, हर्क साम्पाङ र बालेन्द्र साहमा राम्रो मान्छे म भन्दैन । त्यसमध्ये सबैभन्दा नराम्रो मान्छे रवि लामिछाने हो । बालेनजी र हर्कजीले आफ्नो ठाउँबाट प्रयास गर्नुभएको छ ।’

‘स्वतन्त्र भएको हुनाले, व्यक्तिगत प्रया भएको हुनाले थोरै उपलब्धी भएको छ । पानी ल्याउनुभयो हर्क सम्पाङजीले भाइरल हुनुभएको छ’, उनले भने, ‘म गाविस अध्यक्ष हुँदा हेल्थपोष्ट बनाए, पुल बनाए । १३ लाख पर्ने हेल्थपोष्ट ५ लाख ५० हजारमा बनाएँ ।’

बस्नेतले भने, ‘पैसा चन्द उठाएँ । माधव नेपाललाई लगेर हेल्थपोष्ट उद्घाटन गराएँ । पुल बनाएँ १३ लाखको पुल जम्मा ६ लाखमा बन्यो । मनमोहनलाई लगेर उद्घाटन गरेँ । मैले के गरेँ भने एउटा पुल बनाएँ, एउटा हेल्थपोष्ट बनाए एउटा स्कुल बनाएँ । सांसद हुँदा मैले भक्तपुर जिल्लामा ५५ वटा पुल बनाएँ । ९८ वटा स्कुल बनाएँ । ३ वटा अस्पताल र ६ वटा हेल्थपोष्ट बनाएँ । सडक कति बनाएँ बनाएँ ।’

‘हर्क सम्पाङजीले धेरै मेहन गरेर थोरै उपलब्धी भयो । आज मेशिनको जमानामा हात ट्याक्टर लगाउनुपर्ने काममा कुटोकोदालो लगाएर काम गर्नुभयो’, बस्नेतले भनेका छन् ।

‘बालेनजी काम गर्न चाहनुभएको छ । उहाँका कामहरू परिणाममुखी भएनन् । उहाँलाई साथ दिने मान्छेहरू भएनन्’, बस्नेतले भनेका छन् ।

‘रवि लामिछानेजीको बारेमा मैले भन्नै परेन । उहाँको कुरा त तपाईलाई थाहा छ नि । उहाँले चमात्कार गर्नुभयो । उहाँले बालेनजीको क्रेजलाई हर्क सम्पाङको क्रेजलाई गोपी हमालको क्रेजलाई क्यास गर्नुभयो । स्वतन्त्र भनेको पनि कहिँ पार्टी हुन्छ त ? स्वतन्त्र भनेको त पार्टी विहीन पार्टी हो नि त । स्वतन्त्र पार्टी खोल्नुभयो’, उनले भनेका छन् ।

‘अमेरिकाको एउटा पार्टीसँग झण्डादेखि लिएर घण्टीदेखि लिएर सबै मिल्छ । उहाँको घण्टी मन्दिरको घण्टी हो कि कहाँको घण्टी हो त्यो पनि छुट्याको छैन । उहाँको घण्टी गाईको अगाडि बज्छ कि अरु केको अगाडि जनावरको अगाडि बज्छ त्यो पनि छुट्टिएको छैन’, उनले भनेका छन् ।

नेता बस्नेतले भने, ‘उहाँ (रवि)को चरित्र के हो ? उहाँको अमेरिकाको बसाइँ कत्तिको पारदर्शी छ ? उहाँका पारिवारिक सम्बन्ध कति व्यवस्थित छन् ? उहाँको श्रीमतीहरूको कुरा के छ ? ड्राइभर हत्याको कुरा के छ ? उहाँको न्युज २४ मा रहेर हिजो सहयोद्धाहरूसँगको व्यवहार के के हुन् ? न्युज २४ मा उहाँ जुन जुनको ब्राण्ड एम्बेस्डर बन्नुभयो ती सबैसँगको साँठगाँठ के हो ?’

‘कुनै सिमेन्टसँग वर्षिक २० लाखको दरले सम्झौता भएको छ ब्राण्ड एम्बेस्डर भए वापत । कुनै रड फ्याक्ट्रीसँग त्यही अनुसारको कुरा भएको छ । त्यो रड भाच्चिएको कारणले के भएको छ ? मेनपावर कम्पनीहरूसँग उहाँको के सम्झौता भएको छ ? हिजोको जनता जान्न चाहन्छन् भनेको जस्तै उहाँको एउटा लोकप्रिय कार्यक्रम थियो जनतासँग सिधा कुरा’, उनले भने, ‘कुरा चाहिँ जनतासँग सिधा गर्ने, व्यापारी व्यवसायीहरूसँग तेस्रो कारोबार गर्ने यस्ता धेरै कुराहरू छन् । उहाँका निजी जीवनमा त धेरै नजाऔँ । राजनीतिज्ञ भएको कारणले निजी जीवनमा पनि जानुपर्ला । उहाँले वाररुम चलाएर जताततै अट्याक दिनुभयो ।’

बस्नेतले भने, ‘उहाँको सांसद सोविताजीको रोदन मैले हेरिरहेको थिएँ । उहाँले हजारौँ मान्छे राखेर अरुमाथि अट्याक गर्दा केही नहुने, ऋषिजीको धज्जी उडाउँदा केही नहुने, हाम्रो धज्जी उडाउँदा केही नहुने । रिप र श्रद्धाञ्जलि बाहेक केही नलेख्दा केही नहुने । अनि सोविताजीको मात्रै आमा छिन् त ? सोविताजीको आमाको हर्टअट्याक हुन खोज्यो रे ? अरुको आमा छैनन् ? अति रविजीका मात्रै छन् त परिवार ? अनि रविजीका परिवार विचलित भए रे ! हामी गम्भीर घेराबन्दीमा छौँ । हामी तोड्छौँ । त्यो घेराबन्दी अरुले गरेको हो र ? उहाँको कर्मले गरेको हो । उहाँको नाटक नौटंकी जबसम्म प्रकट हुन्छ ।’

‘अब उहाँहरू रारा जाँदा नौटंकी के के गर्नुभएको थियो ? उहाँ जापान जाँदा पासपोर्ट…उहाँको पासपोर्ट धेरै साथीहरूले पठाउनुभयो । नेपाली पासपोर्ट दुरुपयोग गरेको छैन भन्नुभयो सन् २०१८ सेप्टेम्बर २० जस्तो लाग्छ उहाँको पासपोर्ट ईस्यु भयो । नेपाली पासपोर्ट दुरुपयोग भयो । दोहोरो पासपोर्टको कुरा के हो ? दोहोरो नागरिकताको कुरा के हो ? भुटानी शरणार्थीले नक्कली नागरिकता बनाए भन्नु हुन्छ । अमेरिकाको पनि त नक्कली बनाएर उहाँ जानुभयो’, बस्नेतले भनेका छन् ।

‘एउटा गरिव चाहिँ नक्कली भुटानीशरणार्थी बनेर जाने चाहिँ ठीक । हाइफाइ टपरटुइँया व्यक्ति अमेरिका जाने कुरा ठीक हुन्छ ? उहाँका यस्ता नौटंकीहरू धेरै टिक्छन् भन्ने मलाई लाग्दैन । केही जनता र यवा भ्रममा छन् त्यही भएर हामीलाई गाली गर्छन्’, एमालेका नेता बस्नेतले भनेका छन् ।

Published : Thursday, 2023 June 15, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया