भक्तपुरसहितका ठाउँमा प्रहरी छापा, जुवातास खेल्न २२ जना पक्राउ
काठमाडौं । भक्तपुर, लमजुङ र तेह्रथमुमा प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र–०१–००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ बस्ने २३ वर्षीय जीवन अर्यालसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपियाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
उता, लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ३५ रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यता, तेह्रथुमको आठराई गाउँपालिका–१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय १ रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया