मक्कामा कुरान वाचन प्रतियोगिता हुने, नेपालबाट आमिर मियाँ छनौट
काठमाडौं । साउदी अरबको मक्कामा आयोजना हुने अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगितामा सहभागी हुन आमिर मियाँ छनौट भएका छन् ।
बुधबार प्रतियोगीहरूमध्यबाट आमिर मियालाई छनौट गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताएका छन् । मक्कामा हुने प्रतियोगिता जितेर नेपाल फर्किन अध्यक्ष अन्सारीले आमिर मियाँलाई बधाइ तथा शुभकामना दिएका छन् ।
कुरान वाचन अन्तर्राष्ट्रिय प्रतियोगिता भदौ ८ देखि २० गते (अगष्ट २५ देखि सेप्टेम्बर ६ तारिख)सम्म हुनेछ ।
प्रतियोगितामा विश्वका विभिन्न देशहरूबाट प्रतियोगी सहभागी हुनेछन् । त्यसमध्येबाट प्रथम हुनेलाई साउदी सरकारले २ लाख रियाल पुरस्कर दिनेछ ।
Published : Wednesday, 2023 June 14, 8:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया