सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा २५ लाखको सामान बरामद, मान्छेहरू फरार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जमा २५ लाख बराबरको सामान बरामद गरेको छ ।

बुधबार पर्साको वीरगञ्ज महानगरपालिका– १० आदर्शनगर ईलाकाबाट २५ लाख २५ हजार ६ सय रुपियाँ बराबरको अबैध सामान बरामद गरिएको सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरीले २ वटा ठेलामा लोड गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको २५ लाख मूल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले बरामद गरेको छ ।

सामान ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडेर फरार भएका छन् ।

बरामद गरिएको मध्ये विल विजक विनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रुपियाँको रहेको छ ।

बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2023 June 14, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया